राजनीति

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

राजनीति, समाचार, स्थानिय तह / प्रदेश
२७ वैशाख, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् । उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २९ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए । सर्वाेच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्...
कोशीका प्रदेश प्रमुखले भने : संविधान र अभ्यास हेरेर निर्णय गर्छु

कोशीका प्रदेश प्रमुखले भने : संविधान र अभ्यास हेरेर निर्णय गर्छु

राजनीति, स्थानिय तह / प्रदेश
२६ वैशाख, विराटनगर । एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेपछि कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिएका छन् । बुधबार एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण मंगलबार राति नै पदमुक्त भएको जिकिर गरेका छन् । उनीहरुले अब नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र लिएका छन् । पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यस विषयमा अध्ययन गरेर निर्णय गर्ने जवाफ दिए । ‘अब यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले आज यहाँहरुलाई चिया पनि नखुवाई बिदाइ दिन चाहन्छु’, उनले भने ।...
कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

राजनीति, स्थानिय तह / प्रदेश
२६ वैशाख, विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ । गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वत: पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । उनीहरुले वैशाख ६ गते भएको प्रदेश सभा अधिवेशनमा पनि विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरेको तर आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै पनि विश्वासको मत माग्न प्रदेश सभा अधिव...
बुबाको मार्गनिर्देशानुसार अघि बढ्छु : सांसद नेम्बाङ

बुबाको मार्गनिर्देशानुसार अघि बढ्छु : सांसद नेम्बाङ

राजनीति
समाचार बुबाको मार्गनिर्देशानुसार अघि बढ्छु : सांसद नेम्बाङ वैशाख २६, २०८१ 16 SHARES Read In English काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुबाको मार्गनिर्देशानुसार अघि बढ्छु : सांसद नेम्बाङ संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्बाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताए । दिवंगत बुबा सुवासचन्द्र नेम्बाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको...
सहकारी छानबिन समिति : कांग्रेसलाई अपरिहार्य, रास्वपालाई अस्वीकार्य

सहकारी छानबिन समिति : कांग्रेसलाई अपरिहार्य, रास्वपालाई अस्वीकार्य

अपराध / प्रशासन, राजनीति
काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति बनाउने विषयमा मध्यमार्गी बाटो लिने प्रधानमन्त्रीको पहलमा सत्तारूढ रास्वपाले नै अवरोध गरेको छ । रास्वपा संसदीय दलको बैठकले सहकारीबारे बन्ने समिति अस्वीकार्य हुने स्पष्ट पारेको छ भने प्रतिपक्षी कांग्रेस आफ्नो मागमा अझ कठोर बनेको छ । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताबीच वैशाख २८ (शुक्रबार) देखि संसद् अधिवेशन चल्दै छ । लामिछानेमाथि छानबिनको माग राख्दै आएको कांग्रेसले आगामी अधिवेशनमा पनि यो माग झन् जोडदार बनाउने तयारी गरेको छ । यही विवादले अघिल्लो अधिवेशन प्रभावित भएकाले यसपालि निकास खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेले पहल गरेका छन् । तर, तत्काल निकासको बाटो देखिएको छैन ।आसन्न अधिवेशनलाई सहज बनाउन सभामुख देवराज घिमिरेले मंगलबार सर्वदलीय बैठक बोलाएका थिए ज...
माओवादी केन्द्रको मधेश प्रदेश सम्मेलनको तयारी बैठक जगत यादव समूहबाट बहिस्कार

माओवादी केन्द्रको मधेश प्रदेश सम्मेलनको तयारी बैठक जगत यादव समूहबाट बहिस्कार

राजनीति, समाचार
२६ वैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश सम्मेलनको तयारीका लागि महोत्तरीमा बसेको बैठक असन्तुष्ट केन्द्रीय सदस्यसहितका नेताहरुले बहिष्कार गरेका छन् । मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलले कार्यविभाजनमा एकलौटी गरेको आरोप लगाउँदै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । मंगलबार महोत्तरीको बर्दिबासस्थित पञ्चधुरा पार्टी प्यालेसमा महासचिव देव गुरुङको प्रमुख आतिथ्य तथा इन्चार्ज पोखरेलको अध्यक्षतामा प्रदेश सम्मेलन तयारीका लागि बैठक बसेको थियो । ५५ जना केन्द्रीय सदस्य एवं वैकल्पिक सदस्यहरू र सल्लाहकार तथा आयोग सदस्यहरूको बैठकमा आधाभन्दा बढीले नगएर बहिस्कार गरेको केन्द्रीय सदस्य जगत यादवले दावी गरे ।‘बैठकमा आधाभन्दा बढी केन्द्रीय सदस्यहरु पुगेकै थिएनन्’ उनले भने । आफू पनि बैठकमा नगएको नेता यादवले बताए । तर, अर्का केन्द्रीय सदस्य श्रवण यादव बरबरिया (जीवन)ले भने १०/१२ जना केन्द...
सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
२६ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङले जित हासिल गरेका थिए...
चुच्चे नक्सासहित नयाँ नोट निकाल्ने नेपालको निर्णयबारे भारतको असन्तुष्टि

चुच्चे नक्सासहित नयाँ नोट निकाल्ने नेपालको निर्णयबारे भारतको असन्तुष्टि

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौँ — नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् । शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताएका हुन् । 'नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो ?' भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने, 'मैले पनि त्यो रिपोर्ट देखेँ । मैले विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन ।' अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्...
मन्त्रिपरिषद्‌मा गृहमन्त्रीको प्रस्ताव : डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरौं

मन्त्रिपरिषद्‌मा गृहमन्त्रीको प्रस्ताव : डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरौं

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
२१ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । गृहसचिव एकनारायण अर्यालका अनुसार कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दै आएको र त्यो प्रभावकारी समेत देखिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्को बैठकमा आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने प्रस्ताव राखेका हुन् । शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा छलफल थियो । विपद् जोखिम न्यूनीकरणका लागि गरिएका तयारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउँदै गृहसचिव अर्यालले दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणको अभाव रहेको बताए । उनले भने ‘अरू देशमा आगलागी, डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट आगो निभाउने कार्य भएको हामी देखिराखेका छौं । हाम्रोमा पनि त्यो...
लोसपाका सांसद अभिराम शर्मा निलम्बित

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
२१ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१०को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१/०१/१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्...