राजनीति

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
२१ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१०को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१/०१/१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्...
सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

अपराध / प्रशासन, राजनीति, समाचार
१९ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरुको सरुवा गरिएको हो । सरुवा सूची अनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ । कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा सरुवा गरिएको छ । यस्तो छ सूची @अनलाइनखबर...
इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
१६ वैशाख, इलाम । इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए । निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो । मतपेटिका संकलन शनिबार राति २ बजेमात्रै सकिएको थियो । मतगणना सिटी हलमै हुनेछ । इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम-२ मा दलका र स्वतन्...
कांग्रेसले भन्यो : अध्यादेश ल्याउन खोज्नु गैरजिम्मेवार र संसदीय अभ्यास विपरीत

कांग्रेसले भन्यो : अध्यादेश ल्याउन खोज्नु गैरजिम्मेवार र संसदीय अभ्यास विपरीत

राजनीति, समाचार
१५ वैशाख, काठमाडौं । लगानी सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो । आइतबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ । संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । सरकारको यो काम संविधानको अपव्याख्...
उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

राजनीति, समाचार, समाज / जिवनशैली
१३ चैत, काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा हुने उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागु गरिएको छ । ४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो । निर...
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

अन्तर्राष्ट्रिय, राजनीति, समाचार, स्थानिय तह / प्रदेश
१२ वैशाख, बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ । चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन् । यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्...
कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

राजनीति, समाचार, स्थानिय तह / प्रदेश
१२ वैशाख, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । कर्णाली प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले हुम्लाका परियारलाई मन्त्रीको रुपमा सरकारमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । साथै बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । मुख्यमन्त्री कँडेलले विहीबार विश्वासको मत लिँदै छन् ।...
राष्ट्रिय विकास परिषदको बैठक बिहीबार बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिने

राष्ट्रिय विकास परिषदको बैठक बिहीबार बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिने

राजनीति, समाचार
१२ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बिहीबार राष्ट्रिय विकास परिषदको बैठक बस्दै छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक बिहीबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ । बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् । बैठकको उदघाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौं योजनाको मस्यौदा प्रस्तुत गर्ने छन् । त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन् । बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरब...
लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

अन्तर्राष्ट्रिय, आर्थिक / ब्यापार, राजनीति, समाचार, समाज
नेपाली कांग्रेसले सहकारी अनियमितता प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबारे संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान राख्दै संसदीय गतिविधि निरन्तर अवरुद्ध गरेपछि सरकारले संसद्को चालु अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । संसद्मा विपक्षीले उठाएका एजेन्डाबारे गम्भीर बहस गरेर त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा संसद् नै स्थगित गरेर सरकार स्वयंले समकालीन राजनीतिक समस्यालाई गहिर्‍याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका सत्तारुढ दलहरू गृहमन्त्री लामिछानेले संसद्को रोष्ट्रममा उभिएर स्पष्टीकरण दिने तर छानबिन समिति बन्न नसक्ने अडानमा थिए भने कांग्रेसले समिति नबनेसम्म संसद् चल्न नसक्ने अडान राखेको थियो । तर, सहकारी अनियमितताका बारेमा तथ्य सहित प्रश्न उब्जिएपछि गृहमन्त्रीका बारेमा छानबिन समिति बन्नै नहुने तर्क आफैंमा य...
खाम पक्षबाट सुरक्षा थ्रेट भन्दै रमिलाले भेटिन् गृहमन्त्री

खाम पक्षबाट सुरक्षा थ्रेट भन्दै रमिलाले भेटिन् गृहमन्त्री

राजनीति, समाचार
६ वैशाख, काठमाडौं । हत्या गरिएका कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको दाबी गरेकी छन् । बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर रमिलाले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएकी हुन् । हत्याको १६ वर्षपछि आरोपी, जनमुक्ति सेनाका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका थिए । खाम जेल चलान भएपछि उनी पक्षबाट आफूमाथि सुरक्षा थ्रेट भएको रमिलाको दाबी छ । जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिएका छन् ।...