राजनीति

रास्वपा प्रदेशमा पनि विवाद : सुदूरपश्चिम प्रदेशले सोध्यो महामन्त्री बाहुनलाई स्पष्टीकरण

रास्वपा प्रदेशमा पनि विवाद : सुदूरपश्चिम प्रदेशले सोध्यो महामन्त्री बाहुनलाई स्पष्टीकरण

राजनीति, समाचार, सूचना-प्रविधि
महामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही भएपश्चात् प्रदेश कार्यसमितिमा पनि विवाद देखिएको हो । रास्वपा सुदूरपश्चिम प्रदेश कार्यसमितिमा लफडा देखिएको हो । प्रदेश कार्यसमितिले महामन्त्री पारस बाहुनलाई ७२ घण्टे स्पष्टीकरण सोधेको पत्र बाहिरिएको छ । भदौ १० को मितिमा जारी भएको पत्रमा प्रदेश सभापति प्रकाश विष्टले २१ बुँदे कारण देखाउँदै स्पष्टीकरण सोधेका हुन् । ‘८ महिनाको समय अवधिमा करिब ४ महिना यता यहाँले प्रदेशको सङ्गठनप्रति चासो दिएको र सङ्गठनलाई सहयोग गरिएको देखिएन‚’ स्पष्टीकरण सोध्दै लेखिएको छ‚‘सहयोग गर्नुपर्ने ठाउँमा यहाँले केन्द्रको धाक, धम्की र घमन्ड देखाई प्रदेश नेतृत्वलाई विविध कुराहरूमा अटेर गरिएको हुँदा यहाँलाई निम्न विषयमा रही स्पष्टीकरण सोधिएको छ । साथै उक्त कुराको स्पष्ट जवाफ ७२ घण्टा (भदौ १३ गते दिउँसो १२ बजेसम्म) भित्र उपलब्ध गराउन हुन निर्देशन गरिन्छ ...
स्वकीय सचिवलाई जिम्मेवार बनाउने दायित्व संसद्को

स्वकीय सचिवलाई जिम्मेवार बनाउने दायित्व संसद्को

राजनीति, समाचार
सांसदलाई स्वकीय सचिव दिनेबारे विभिन्न देशमा फरक–फरक अभ्यास छ । नेपालको सन्दर्भमा सांसदको कामलाई प्रभावकारी बनाउन योग्य सहयोगीको आवश्यकता महसुस गरेरै सरकारले तलब दिने गरी स्वकीय सचिव राख्ने व्यवस्था गरेको हो । एक जना सांसदले संसदीय सत्रहरू र समितिका बैठकहरूमा सहभागी हुने, विभिन्न दस्तावेजको अध्ययन गरी त्यसमा आफ्नो राय व्यक्त गर्ने, निर्वाचन क्षेत्र, मतदातासँग सम्पर्क र समन्वय गर्ने आदि काम गर्नुपर्छ । विधेयक माथिको छलफलमा भाग लिने, आवश्यक संशोधन दर्ता गराउने जस्ता काम त अनिवार्य विधायिकी काम नै भए । यी सबै काममा सूचना संकलन गर्ने, अनुसन्धान गर्ने, संसदीय छलफलमा बोल्नका लागि सटिक सामग्री तयार पारिदिने जस्ता काममा सहयोगका लागि नै स्वकीय सचिवको व्यवस्था गरिएको हो । हाम्रा सांसदहरू विभिन्न पृष्ठभूमिबाट आएका छन् । सबै सांसदसँग सबै विषयमा दक्षता हुँदैन । अलिक दक्ष र अध्ययनशील सांसदका पनि...
भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड

राजनीति, समाचार
सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन् । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् । उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने बताए । अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएका उल्लेख गर्दै उहाँले सच्चिने होइन भने सदन र सडक दुबै ठाउँबाट आन्दोलन अघि बढाउने बताए ।  सरकार पहिलो र दोस्रो दल मिलेको संसारमको संसदीय इतिहास नभएको उल्लेख गर्दै उहाँले गलत क...
मुना पाण्डे हत्या प्रकरण : सीसी टीभीमा के देखियो ?

मुना पाण्डे हत्या प्रकरण : सीसी टीभीमा के देखियो ?

राजनीति
१४ भदौ, काठमाडौं । अमेरिकाको ह्युस्टन शहरमा गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबि सिंह शाहलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । अदालतले उनको संलग्नता देखिने आधारहरु रहेको भन्दै जमानतमा छाड्न अस्वीकार गरेको छ । अर्को सुनुवाइ मंगलबार अमेरिकी समयअनुसार बिहान ९ बजे हुँदैछ । अदालतमा शाह पक्षका वकिलहरुले उनलाई जमानतमा छाड्नुपर्ने तर्क गरेका थिए । जवाफमा अभियोजनकर्ता पक्षले क्लोज सर्किट (सीसी) क्यामराको फुटेज र त्यसको विश्लेषण प्रस्तुत गरेको ह्युस्टनका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘मंगलबार डिटेक्टिभहरुले उनको सेक्युरिटी सिस्टमको पासवर्ड फेला पारेका थिए, शनिबार अपार्टमेन्टको ढोका नजिकको फुटेज संकलन गरेका थिए’, क्लिकटुह्युस्टन डटकमले लेखेको छ, ‘फुटेजमा अपराह्न ८ः४० बजेतिर शाह उनको ढोकामा पुगेको देखिन्छ ।’ फुटेजमा देखिएअनुसार त्यसबेला उनी जुत्ताको बट्टा, सपिङ झोला, ...
मदन पुरस्कार विजेता मैनाली भन्छन् : अप्रत्याशित, ऊर्जादायी

मदन पुरस्कार विजेता मैनाली भन्छन् : अप्रत्याशित, ऊर्जादायी

राजनीति
१४ भदौ काठमाडौं । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देशजस्ता पुस्तक लेखेर प्रसिद्धि कमाएका खोजपत्रकार तथा अनुसन्धाता मोहन मैनालीको अर्को कृति मुकाम रणमैदानले मदन पुरस्कार पाउने भएको छ । नेपाल अंग्रेज युद्धसम्बन्धी पछिल्लो अनुसन्धान पुस्तक मुकाम रणमैदानलाई ०८० को मदन पुरस्कार दिने घोषणा मदन पुरस्कार गुठीले शुक्रबार गरेको छ ।पुरस्कार घोषणापछि अनलाइनखबरसँग कुरा गर्दै मैनालीले भने, ‘मदन पुरस्कारको घोषणा अप्रत्याशित तर उर्जा दिने खबर हो । म अझै काम गर्नेछु ।’ मैनालीसँग संक्षिप्त वार्ता : प्रतिष्ठित पुरस्कार घोषणालाई कसरी लिनुभयो ?मेरा लागि अप्रत्याशित तर सुखद अनि उर्जा दिने खबर हो । मेरो किताब मदन पुरस्कारको अन्तिम सूचीमा पर्दा एउटा अन्तर्वार्तामा भनेको थिएँ– मैले पुरस्कार पाउने सम्भावना २० प्रतिशत छ । तर मैले नै पाउँदा खुसी छु । किनभने सबैले राम्रो ठानिदिनुभयो । नेपालको पुरानो भाषा...
सामाजिक सञ्जालबाटै मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन

सामाजिक सञ्जालबाटै मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन

राजनीति, समाचार
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट अर्याललाई बधाई दिंदै प्रधानमन्त्रीले नागरिकलाई चुस्त सेवा दिन र विकास आयोजनालाई अगाडि बढाउन पनि निर्देशन दिएका छन् । ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ’, उनले भनेका छन्, ‘सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो ।’ प्रधानमन्त्रीले अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुने सुझाव पनि दिएका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘सवारी चालक अनुमतिका लागि,...
लुम्बिनीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ, कांग्रेसमा किचलो

लुम्बिनीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ, कांग्रेसमा किचलो

राजनीति, समाचार, सूचना-प्रविधि
बुटवल । भदौ ४ गते विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हालसम्म रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिएअनुसार नेपाली कांग्रेसको भागमा परेको एक मन्त्रालय र सरकारलाई विश्वासको मत दिएका साना दलहरूलाई २ बटा मन्त्रालय दिने योजना अनुसार छलफल भएपनि अझैसम्म निष्कर्ष निस्कन नसकेको हो ।  विशेषगरी कांग्रेसले एक मन्त्रीको नाम टुङ्ग्याउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको नेताहरू बताउँछन् । यस्तै जसपा (अशोक राई)पक्ष, लोसपा र नागरिक उन्मुक्ति पार्टीमध्येबाट सरकारमा सहभागी गराउने विषयमा छलफल चलेपनि अझैसम्म निर्णयमा पुग्न नसकिएको प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामीले छिट्टै मन्त्रिपरिषद्लाई पूर...
रास्वपाका सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त

रास्वपाका सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त

राजनीति, समाचार
१४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमका महामन्त्री पारस बाहुनलाई पदबाट बर्खास्त गरेको छ । प्रदेश सभापति प्रकाश विष्टले महामन्त्री पारसलाई पदमुक्त गरेका हुन् । पारस गत पुसमा सुदूरपश्चिमको महामन्त्रीमा मनोनीत भएका थिए । पार्टी संगठन र नेतृत्वलाई असहज र असफल बनाउने क्रियाकलाप गरेको आरोपमा हटाइएको विष्टले पारसलाई पठाइएको पत्रमा उल्लेख गरेका छन् । ‘यहाँले पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज/असफल बनाउने विविधि क्रियाकलापहरु गर्नुभएको हुँदा जिम्मेजारीबाट मुक्त गरिएको जानकारी गराउँदछु’, पारसलाई पठाइएको पत्रमा भनिएको छ । सभापति विष्ट र आफूबीच मतभेद रहेको जानकारी गराउँदै पारसले सभापतिले पत्र पठाएपनि प्रदेश समिति र केन्द्रले निर्णय रोक्नसक्ने अनलाइनखबरसँग बताए । पारसलाई स्पष्टीकरण सोधिएको र जवाफ सन्तोषजनक नभएकाले पदबाट हटाइएको पत्रमा उल्लेख छ ।...
राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : प्रचण्ड

राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : प्रचण्ड

राजनीति, समाचार
१४ भदौ, सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु ।’ सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने बताए । अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको बताए । ‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन,’ उनले भने, ‘संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन ।’ उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त न...
कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

राजनीति, समाचार
१४ भदाैं, विराटनगर । नेकपा माओवादी केन्द्रले काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । १७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि काेशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेकाे थियाे, तर समर्थन फिर्ता लिएको छैन । ‘आज दलकाे बैठक बस्दैछ, बैठकपछि समर्थन फिर्ता लिन्छौं’, आङ्बाेले भने,’ माओवादी प्रतिपक्ष बस्छ ।’ नेकपा माओवादी केन्द्रकाे समर्थनमा हिक्मतकुमार कार्की संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार गत २७ बैशाखमा मुख्यमन्त्री बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै प्रदेशमा माओवादी प्रतिपक्षमा पुगेकाे छ ।...