शिक्षा

५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

अपराध / प्रशासन, शिक्षा
काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् । पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल संयोजकत्वको उच्चस्तरीय छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायत ७ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । गत वैशाख अन्तिम साता बुझाएको छानबिन प्रतिवेदन डेढ महिनासम्म लुकाएर पदाधिकारीले नै दोषीहरूलाई संरक्षण गरेका हुन् । उपकुलपति केशरजंग बराल, रजिस्ट्रार केदार रिजाल र रेक्टर खड्ग केसीले प्रतिवदेन कार्यकारी परिषद्मा पेस गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । तर डेढ महिनासम्म प्रतिवेदन कार्यकारी परिषद्मा समेत छलफलका विषय नबनेको उपकुलपति कार्यालय निकट एक प्राध्यापकले बताए । स्रोतका अनुसार उत्तरपुस्तिका हराउनुमा लापरब...
काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति (नामावलीसहित)

काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति (नामावलीसहित)

शिक्षा
काठमाडौँ, जेठ २४ गते । काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ ।  काठमाडौँ महानगरपालिकाले बिहीबार विद्यालयको नाम र छात्रवृत्ति उपलब्ध गराउनुपर्ने विद्यार्थी सङ्ख्या सहितको सूचना प्रकाशन गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था लागु गर्न महानगरले पहल सुरु गरेको छ । हालसम्म अन्य क्षेत्...
जता रुखको छाया, उतै कक्षाकोठा

जता रुखको छाया, उतै कक्षाकोठा

शिक्षा, समाचार
रुकुमपश्चिम, जेठ ३ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयमा ७५ जना बालबालिका अध्ययनरत छन् । उनीहरूको कक्षाकोठा भनेको रुखको छहारी हो । घामलाग्दा रुखमुनि पढाइ हुन्छ, पानी पर्दा भने पढाइ हुँदैन । घामका कारण रुखको छाया जताजता सर्छ, उतै उतै विद्यार्थी सारेर पढाइ हुने गरेको छ । गत चैत १७ गतेको हावाहुरीले विद्यालयको छाना उडाएपछि उनीहरूको पठनपाठन रुखकै छहारीमा हुने गरेको छ । विद्यालयको तीनकोठे भवन डेढ महिनासम्म पनि मर्मत हुन सकेको छैन । मर्मतसम्भार हुनुको साटो थप लथालिङ्ग बन्दै गएको छ । गत कात्तिक १७ गतेको भूकम्पबाट जोगिएको विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको हो । कक्षा १ मा अध्ययनरत छात्रा रितु चनेलले विद्यालय भवन नहुँदा विद्यालयनजिकैको सल्लाको रुखमुनि बसेर पढ्ने गरेको बताउनुभयो । कक्षा २ मा अध्ययनरत छात्र माइकल विष्टले विद्यालयमा...
अष्ट्रेलिया अध्ययन थप महँगो, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

अष्ट्रेलिया अध्ययन थप महँगो, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

अन्तर्राष्ट्रिय, शिक्षा
२७ वैशाख, काठमाडौं । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको हो । शुक्रबार १० मे देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्छ । बितेको सात महिनामा यो दोस्रो वृद्धि हो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो । कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाइ गरिसकेको छ । अष्ट्रेलियाकी गृह मामिला मन्...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

शिक्षा, समाज / जिवनशैली
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला २६ वैशाख, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको ...
मासु कति खाने ?

मासु कति खाने ?

शिक्षा, समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने त्यसबेला मासु हानिकारक बन्ने पोषणविद् आरेम कार्की बताउँछन् । दैनिक कति मासु खाने ? मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्थाअनुसार मासु कति खाने भन्ने कुरा निर्धारण हुन्छ । एक वयस्क मान्छेले दैनिक प्रतिकिलो तौल एक ग्राम मासु खान सक्छन् । उदाहरणका लागि ७० केजी तौल भएको व्यक्तिले ७० ग्राम मासु (चारदेखि पाँच टुक्रा) मासु खानु राम्रो हुने पोषणविद् कार्की बताउँछन् । जर्मन पोषण समाज र विश्व क्यान्सर अनुसन्धान कोषले एक हप्तामा ५०० ग्राम भन्दा...
काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

शिक्षा, समाचार, स्वास्थ्य
५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अनुसार शिविर वैशाख महिना भरी सञ्चालन हुने छ । कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको थियो । आजदेखि वडास्तरीय परीक्षण शिविर सुरु हुनेछ । यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ । ११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते...
गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

शिक्षा, समाचार, स्वास्थ्य
गर्भावस्थामा पिसाबको संक्रमणले महिलालाई सताइरहेको हुन्छ । पिसाबको संक्रमणले मूत्राशय, मूत्रमार्ग र मिर्गौलालाई असर पार्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ । जसले गर्दा अन्य बेला भन्दा पिसाबको संक्रमण हुने सम्भावना आठदेखि १० प्रतिशत बढी हुन्छ । गर्भावस्थामा पिसाबको संक्रमण हुने विभिन्न कारण हुन्छन् । गर्भवती महिलाको इम्युनिटी पावर कम छ, पानी कम पिउँछिन्, गर्भवती महिलाको उमेर बढी छ, पहिलेदेखि नै पिसाबको संक्रमण हुने गरेको छ र आफू बस्ने वातावरण फोहोर छ भने महिलामा पिसाब संक्रमणको जोखिम उच्च हुन्छ । गर्भावस्थामा पिसाब संक्रमण हुने अन्य कारण सामान्यतया पिसाब एसिडिक हुन्छ, जसले संक्रमणबाट बचाउँछ । तर गर्भावस्थामा महिलाको पिसाबबाट सुगर र प्रोटिन निस्किरहेको हुन्छ । शरीरमा विभिन्न प्रकारको हार्मोनल परिवर्तन हुन्छ, जसले गर्दा पिसाबमा एसिडको मात्रा कमी हुन्छ जसले गर्दा पिसाब...
लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, समाज, स्वास्थ्य
४ बैशाख, बुटवल- बुटवल रुपन्देमा Bio - M नामक अर्गानिक Bio लार्भा साइड को लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता श्री रम्भादेबी ट्रेड लिन्क को आयोजना मा अन्तरकृया कार्यक्रम सम्पम्न भएको छ । बिश्वब्यापी रुपमा फरक पद्धतिको बिकास गर्दै बिश्व स्वास्थ्य संगठन (WHO) ले मानव जीवन तथा अन्य प्रा‍णीलाई असर नगर्ने भन्दै उक्त पद्धति प्रयोग गर्न मिल्ने भन्दै स्वीकृत गरेको । विश्वका धेरै देशहरुमा प्रयोग भैरहेको उक्क्त लार्भा साइड भारत सरकारले सफल परिक्षण गर्दै नेपाल सरकाले समेत प्रयोगको लागि सिफारिस गर्दै काठमाडौ महानगरपालिका मदेस प्रदेश सरकारले समेत यस्को प्रयोग बृहत रुपमा लाम्खुट्टे तथा त्यसबाट लाग्ने रोगहरुको पुर्णतः निर्मुल पार्नको लागि यो पद्धति सुरु गरिएको छ । “बायो लार्भिसाइड अर्गानिक हो। यसले लामखुट्टे र तिनीहरूको लार्भा बाहेक अरू कुनै जीवलाई हानि गर्दैन। यो कीटनाशक होइन। कीटनाशक पानीको माथि छ...
आजदेखि विद्यालय भर्ना अभियान सुरु, बालबालिकालाई नियमित विद्यालय पठाउन प्रधानमन्त्रीको आह्वान

आजदेखि विद्यालय भर्ना अभियान सुरु, बालबालिकालाई नियमित विद्यालय पठाउन प्रधानमन्त्रीको आह्वान

शिक्षा, समाचार, समाज / जिवनशैली
२ वैशाख, काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले २०८१ को शुभारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । २०८५ वैशाख भित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकार सामु रहेको पनि प्रधानमन्त्री प्रचण्डले स्मरण गरेका छन् । एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालि...