हिँडाइ पछि मात्र दौडाइ हुन्छ। दह्रो टेकाइ र हिँडाइ सफल दौडाइको अभ्यास हो । यो प्रकृतिको नियम हो । महत्त्वाकाङ्क्षी हुनु क्रियाशील रहनु हो । तर अति महत्त्वाकाङ्क्षा र ओभर कन्फिडेन्सले जोखिम निम्तिन सक्छ । विवादमा पर्न सक्छ। विवादले करियरमा प्रश्नचिह्न खडा हुन्छ। भारतको हण्डी खाएर पढेको र निर्देशित राजनीति गरेको आरोपित डा. बाबुराम प्रकाण्ड विद्वान भएतापनि विवादित राजनीतिक नेताको श्रेणीमा पर्दछन्। Nowhere को अवस्थामा छन्। आरोपितहरूलाई सत्तामा बहाल गराउनु हुदैन । सत्तासिनहरू विवादमा पर्नु हुदैन । यो आधारभूत राजनीतिक संहिता हो ।

यथार्थमा सुशासन, समृद्धी र स्वाभिमानको लागि भ्रष्टाचार, कमिसन, माफिया, बिचौलिया लगायत सम्पूर्ण बेथितितन्त्र विरूद्ध राजनीतिक महाभियानमा उत्रिएको राष्ट्रीय स्वतन्त्र पार्टीप्रति आम जनता मात्र होईन विभिन्न दलहरूलाई समर्थनमा भोट हाल्दै आएकाहरू लगायत आफ्ना दलका नेताहरूको कुहरकत, भित्री साँठगाँठ र काखा पाखाको व्यवहारबाट आजित भएका नेता कार्यकर्ता समर्थकहरू समेतको घोषित अधोषित समर्थन र झुकाब रहेको यत्रतत्र सर्वत्र स्पष्ट देखिन्छ । २०७९ को निर्वाचनमा डङ्का पिट्न सफल त्यो दल राष्ट्रीय राजनीतिमा चौथो शक्तिको रूपमा उदय हुनुले पुष्टि गर्दछ।

२०७९ को निर्वाचनमा प्राप्त अपत्यारिलो सफलता पश्चात सत्ता राजनीतिमा पार्टी नेतृत्व आवश्यकता भन्दा बढी, समय भन्दा अघि दौडिन थाल्यो । संसदीय उप-निर्वाचनमा फेरिपनि अधिकतम मतले विजयी पार्टी अध्यक्ष रवि लामिछानेको मन मस्तिष्कमा Yes I am को सोच र Over ambition & Confidence हावी हुन थाल्यो । कान्तिपुर मिडियाको चेयरम्यान कैलास सिरोहियाको नागरिकता प्रकरण के भयो ? जगजाहेर छ । सम्बन्धित प्रहरी कार्यालयले डाकेको बखत हाजिर हुने गरि थुना मुक्त भए । राजनीतिक सतरन्जको गहिराइ बुझी नसकेको र सत्ता राजनीतिमा परिपक्व भईनसकेको रवि माथि प्रश्न तेर्सियो । विवादमा परे । यस्तो अवस्थालाई भारतीयहरू ‘मुँह के बल गिरना’ भन्छन् ।

चिन्ताले चितामा पुर्याउछ भने जस्तै विवादले करियर ध्वस्त पार्छ । रास्वपा अध्यक्षको राजनीतिक यात्रा शुरूवात देखिनै विवादास्पद रहेको स्पष्ट छ । देश हाँक्न खोज्ने नेता नागरिकता र पासपोर्टको विवादमा पर्नु ज्ञानको कमी हो । हेलचक्र्याइँको पराकाष्ठा हो । प्रचण्ड सरकारको पालामा आफ्नो दलको निर्णायक हैसियतलाई नजरअन्दाज गर्दै आफ्नो शरीरको आधा भाग प्रचण्डको काखमा र अर्को आधा भाग ओलीको काखमा बिसाउँदै सत्ता सहभागी हुनु, सहकारी ठगी विषयमा रविजीलाई अनुसन्धान गर्ने कुनै ठाउँनै नरहेको प्रचण्डको ठाडो अभिव्यक्ति, कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको सांसद स्वर्णिमको रोस्टमबाट आरोप, देशको गोप्य सुचना विदेशीलाई वेच्ने ऐजेण्टहरूलाई पनि बाहिर पठाउ, संसदबाट हटाउ, भन्दै रोस्टमबाट रविको गर्जन, हामीले भारतको कुरो बुझिदिनु पर्छ भन्दै स्वर्णिमले विना सन्दर्भ अर्थ न बर्थको South Asian Monroe Doctrine को विषय उठाउनु, रवि-मुकुल-स्वर्णिम बीच चलेको छताछुल्ल वाकयुद्ध र सहकारी रकम अपचलनमा रविको नाम नरहेको तर गोर्खा मिडियाको प्रवन्ध निर्देशकको हैसियतमा उक्त रकम चेकबाट व्यय गर्नमा संलग्न रहेको संसदीय छानबिन विशेष समितिले भनिरहेको अवस्थामा आफूले क्लिन चिट पाएको भन्दै एकोहोरो ढोल बजाइरहनु, यस्तै यस्तै इश्यूले गर्दा रवि विवादै विवादको दलदलमा गहिराइसम्म गाडिन पुग्यो। अन्ततः संसदीय छानबिन विशेष समितिको सिफारिसमा सहकारी रकम अपचलन, संगठित अपराध र कीर्ते सम्बन्धमा छानबिन र अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार कार्तिक २ गते रविलाई पक्राउ गरि कास्की प्रहरी हिरासतमा पुर्यायो।

कांग्रेसले गिरीबन्धु टी स्टेटको फाइल, ऐमालेले भुटानी शणरार्थी र टीकापुर जग्गा प्रकरणको फाइल र माओवादी (केन्द्र) ले कांग्रेस ऐमाले कसैको पनि भ्रष्टाचार सम्बन्धि फाइल खोल्न र टुङ्गोमा पुर्याउन सक्दैनन् । ती सम्पूर्ण फाइलहरू खोल्न सकेपनि नसकेपनि खोल्न तम्सिने र भन्डाफोर गर्दै जन जनलाई सुसुचित गर्न, सजग गराउनमा त रवि रास्वपा नै क्रियाशिल देखियो । त्यसैले अत्यधिक लोकसमर्थनसहित चौथो दलको रूपमा उदय हुँदाको बखत देखिन् रवि रास्वपा ऐमाले-कांग्रेस-माओवादी (केन्द्र) को टारगेटमा रहेको सर्वस्पष्ट छ।

रास्वपामा विद्वान र प्रकाण्ड विद्वानहरूको कमी छैन । ज्ञान छ। हौसाइ छ । तर हेक्का छैन । त्यस्कारण हेक्का रहोस् कि Politics is not a sprint.It’s like a marathon. ‘राजनीति लघु दौड् होईन । यो म्याराथन जस्तै लामो दुरीको दौड् हो ।’

@ग्लोबल आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0