काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा कारबाही सुरु भएको बताएका छन् । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरुवाती कारबाही सुरु गरेको बताएका हुन् ।

मन्त्री गुरुङले समितिको प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिहरूलाई पक्राउ गरिएको बताए ।

मन्त्री गुरुङले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताए । उनले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा काम सम्पन्न गरेको बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0