पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ ।

पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ ।

आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ ।

रास्वपाले पोखरा केन्द्रित आन्दोलनका लागि प्रत्येक जिल्लाबाट १ सय जनाका दरले उपस्थित हुन उर्दी जारी गरेको छ ।

रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0