जाजरकोट। जाजरकोटका राजनीतिक दलहरुले कर्णलीका मुख्यन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प प्रभावित जिल्लाहरुको अनुगमनका निस्किएका मुख्यमन्त्री कँडेललाई सोमबार जिल्ला स्थित दलहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

जसमा भूकम्पपछिको पुनर्निमाण, सहुलियत कर्जा उपलब्ध गराउन पहल गरिदिनेदेखि मध्यपहाडी राजमार्गको मन्ताभीर खण्डको निमार्ण कार्य नभएको विषयहरु समेटिएको छ । दलहरुले जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवा सहितको सेवा सञ्चालनका लागि आवाश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

यस्तै जाजरकोट जिल्लाका विभिन्न ठाउँमा रहेका काईननाईट, टुरमालीन जस्ता बहुमुल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन् तथा प्रशोधनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ ।

-यस्ता छन् १० बुँदा

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0