कपिलवस्तु । कपिलबस्तुमा स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३९ वर्षीय उमेश सखाराम र ३३ वर्षका सलमान कुरेसिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

सोमबार जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित लिङ्गेटमा खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको भाडाको गाडी चेकजाँच गर्ने क्रममा उमेश सखारामको साथबाट १२ हजार ५० हजार र सलमान कुरेसियाकोे साथबाट ८ लाख भारतीय रुपैयाँ फेला परेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0