६ कात्तिक, काठमाडौं । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ११ र १२ कात्तिकमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ । सम्मेलनको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्यले सम्मेलन गर्न लागिएको युवा संघले जनाएको छ ।

सम्मेलनको तयारी बैठकका क्रममा युवा संघका अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

सम्मेलनमा १००० जना सहभागी हुने र ५०० जना युवा संघले सिफारिस गरेका प्रतिनिधि रहनेछन् । बाँकी ५०० जना भने इच्छुक युवाले फारम भरेर आवेदन दिन सक्ने युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0