७ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली विकास गर्दै सडक र फुटपाथ निर्माण गरिने भन्दै उपमहानगरपालिकाले खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन भनेको हो ।

सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले १ देखि ८ सम्मका सबै वडा र १३ नम्बर वडामा खोलानालाको अधिकार क्षेत्र र सेटव्याक रेखाङ्कन तथा सिमाङ्कन गर्ने कार्यक्रम रहेको जनाएको छ ।त्यसका लागि खोला र नाला अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन सम्बन्धितलाई आग्रह गरिएको छ ।

तोकिएको समयमा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कारवाही गर्ने समेत उपमहानगरपालिकाले चेतावनी दिएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0