७ कात्तिक, काठमाडौं । अवैध लागुऔषधसहित एक युवकलाई फर्पिङबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–३ बलुवा घर भएका २० वर्षीय नासिम शेख छन् ।

उनीबाट नुफिन ५९३ एम्पुल, फेनारगन ५०० एम्पुल, डाइजापाम ६८८ एम्पुल गरी १ हजार ७८१ एम्पुल लागु औषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकपोष्टमा रौतहटबाट काठमाडौं आउँदै गरेको ना १ ज १९१० नम्बरको टाटा सुमो चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनी पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरी वृत्त कीर्तिपुरले लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0