७ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ प्रहरी प्रमुख एसपी पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले चितवनको एसपी भावेश रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा काज सरुवा गर्दै उनको ठाउँमा ब्यूरोमै कार्यरत एसपी गौतम मिश्रलाई पठाएको हो ।

आजैका मितिबाट लागु हुने गरी काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रिमालको कार्यक्षमतामाथि प्रश्न उठेपछि अवधि नपुग्दै सरुवा गरिएको हो ।

सामान्यतया इन्चार्ज पाएको मितिले एक वर्ष नपुग्दै सरुवा नगर्ने चलन छ । गत फागुनमा मात्रै एसपी रिमालले चितवनको कमाण्ड सम्हालेका थिए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0