कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१–०२९ च. ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु.१ ह. ३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेमा बुद्ध भूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको छ।

घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदै गर्दा र अर्का घाइते केवटलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा अटो चालक लोकबहादुर कुँवर, यात्रुहरू विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । घाइतेको चारै जनालाई उपचार गर्न बुटवलमा ल्याएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0