काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । २ मिनेट ४२ सेकेण्डको ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ ।

ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ । छठ पर्व पारेर कात्तिक २२ गतेबाट नविन भट्टले निर्देशन गरेका हुन् ।

फिल्मबाट सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट मिलेर लेखेका हुन् ।

मनोजकुमार अधिकारी फिल्मका निर्माता हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए ।

फिल्ममा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन रहेको फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0