काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदनबहादुर अमात्यको संयोजकत्वमा १० सदस्यी निर्माण व्यवसायी समन्वय विभाग गठन गरेका छन् । शुक्रबार सभापति देउवाले विभाग गठन गरेका हुन् ।

मनोनित सदस्यहरुमा रवि सिंह, आङदोर्जे शेर्पा, गोममाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रसाद मल्ल, टेकबहादुर खड्का, यमबहादुर बिसी, प्रकाशबहादुर सेठ्ठी रहेका छन् ।

सभापति देउवाले उनीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम मनोनित गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0