काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ४८ वर्षीय खनाललाई पक्राउ गरेको हो ।

उनी गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा पनि शेयरधनी छन् । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइएको छ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जीबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने समेत हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0