११ कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आज आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

मन्त्री बिमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए ।

काठमाडौंस्थित प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दर्शक सहकारीमा शीलबन्दी गर्न निर्देशन दिइसकिएको मन्त्री ठकुरीले जानकारी दिए ।

बागमती प्रदेशको सहकारी महाशाखाकाअनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0