वीरगन्ज । बारा प्रहरीले महागढीमाई नगरपालिकामा भएको हत्या घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

शनिबार अज्ञात समूहले महानगढीमाई नगरपालिका निवासी श्रीनारायण प्रसाद यादवको धारिलो हतियारको प्रयोगले हत्या गरेको थियो । त्यस लगत्तै प्रहरीले चलाएको अनुसन्धानका क्रममा हिजो र आज गरी ६ जनालाई पक्राउ गर्न सकिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

उनका अनुसार पक्राउहरू सबैजना सोही नगरपालिकाकै रहेको पाइएको छ । आन्तरिक विवादका कारण यादवको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारी अनुसार विवाहेत्तर सम्बन्ध कारण हत्या भएको हुन सक्ने प्रहरी आंकलन छ ।

तर अनुसन्धान चलिरहेकोले उनीहरूको विवरण खुलाउन नमिल्ने प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान चलिरहेको प्रहरी बताउँछ ।

शनिबार राती नगरपालिकाको वडा नम्बर–१ म मृतक यादवमाथि धारिलो हतियारको प्रहार भएको थियो । घाँटीमा भएको धारिलो हतियारको प्रहारले उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0