११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

खेलको ५१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छाडिन् । अब नेपाली टिम १० खेलाडीमा सीमित भएको छ ।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गर्नुका साथै मैदानमा पानीको बोतलसमेत फालेका थिए । तनावका कारण केहीबेर खेल रोकिएको थियो । दर्शकहरु रेफ्री आउट भनेर नारा लगाएका थिए ।

मैदानको छेउमा उभिएर सुरक्षाकर्मीले दर्शकहरुलाई शान्त रहन भनेका थिए ।

म्याच कमिसनर लगायतले स्थितीलाई साम्य बनाएपछि खेल फेरि सुरु भएको छ । नेपाली फरवार्ड सावित्रा भण्डारीले दर्शकलाई हात जोडेर शान्त रहन आग्रह गरेकी छन् ।

साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा यो खेलको बिजेता फाइनल पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0