काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष रामशरण शिम्खडाले आफूहरू नेपाली नागरिकता निरन्तरताको पक्षमा रहेको बताएका छन् । उनले अहिले प्राप्त नागरिकता प्रयोगकाको व्यवधान हटाइदिन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।

शिम्खडाले २१० वर्षअगाडिको त्रिपक्षीय सम्झौताबाट सुरु भएको गोर्खाजहरु समानताको लडाइमा रहेको बताए । तर, द्विपक्षीय वार्तामा देशको अवस्थाले, गठबन्धनसँगै राजदूतको परिवर्तनले वार्ता स्थगित भएको उनले उल्लेख गरे । ‘मन्त्रीस्तरीय वार्ता भयो भने मात्रै बेलायतले सुन्नेछ । यो छलफलले मन्त्रीस्तरीय वार्ताको लागि मार्गप्रशस्त गर्नेछ,’ उनले भने ।

दोस्रो विश्वयुद्धपछि थाइल्याण्ड मलेसिया, कम्बोडियालगायत देशमा रहेका पाँचौँ लाख नागरिक नेपाली पहिचान खोजिरहेको भन्दै उनले यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सत्रमा उपस्थित विषय विज्ञहरूको ध्यानाकर्षण गराए ।

पूर्वगोर्खाका तर्फबाट क्याप्टेन हितमान गुरुङले गैरआवासीय नागरिकतामार्फत मतदातबाहेक सबै अधिकार समान हुनुपर्ने माग गरे । गोर्खाहरु नेपाली नागरिकता निरन्तरताको पक्षमा रहेको भन्दै उनले यो देशकै हितमा रहेको बताए ।

‘कसरी हुन्छ गोर्खाहरुको नागरिकता निरन्तरता मिलाइदिनुपर्‍यो । बेलायतमा यो विषय धेरै उठेको छ । संवेदनशीलताका साथ सम्बोधन गरिदिनुपर्‍यो,’ उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । १९९७ पछिका गोर्खाजलाई सुविधा बराबरी भए पनि त्योभन्दा अगाडिलाई विभेद गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0