३० कात्तिक, काठमाडौं । अतिक्रमति संरचना भत्काउन काठमाडौं महानगरपालिका नगर प्रहरी बल गौशाला क्षेत्रमा डोजर सहित पुगेको छ ।

महानगरपालिकाले चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन पुगेको हो ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना महानगरपालिकाले हटाउन पुगेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं । केही बेरदेखि अवरोध भइरहेको छ । अहिले छलफल हुँदैछ,’ अर्यालले अनलाइनखबरसँग, ‘अर्यालका अनुसार पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने छ ।’

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0