११ पुस, काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)मा खाली रहेको ८ बोर्ड सदस्यहरू नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको सदस्यमा नियुक्त गरेको हो ।

नियुक्त हुनेहरूमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)को उपाध्यक्ष अर्को हप्ता नियुक्त हुने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।

उनले अनलाइनखारसँग भने, ‘ अहिले राखेपका रिक्त बोर्ड सदस्‍यहरूको नियुक्ति मात्रै भयो। अब अर्को हप्ता राखेपका उपाध्यक्षको पनि नियुक्ति हुन्छ।’

यसअघिका राखेपका उपाध्यक्ष शिव कोइराला ४ वर्षे कार्यकाल पूरा गरी विदा भएपछि ५ महिनादेखि राखेपका उपाध्यक्ष पद रिक्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0