२८ पुस, काठमाडौं। थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले निजामती सेवामा थारूको प्रतिनिधित्व अहिलेसम्म जम्मा ३ प्रतिशत मात्रै रहेको बताएका छन् ।
कति प्रतिनिधित्व भनेर अध्ययन गर्दा कतिपय अवस्थामा अप्ठ्यारो समेत भएको उनले सुनाएका छन् ।
‘चौधरी र महतो थारू हो कि मधेसी ? यो छुट्याउनु पर्दा गाह्रो समेत भइरहेको छ’ चौधरीले आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने।
राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयकमाथि दफाबार छलफल चलिरहेको छ ।
आइतबार समितिले विधेयकका सम्बन्धमा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरुसँग छलफलमा बोलाएको हो ।
छलफलका क्रममा थारू आयोगका अध्यक्ष चौधरीले चौधरी र महतो ‘थारू हो कि मधेसी’ भनेर छुट्याउँदा गाह्रो हुने गरेको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1