२८ पुस, काठमडौं। त्रिभुवन विश्वविद्यालयले भर्नाको समय सकिएपछि विद्यार्थी भर्ना नगर्न निर्देशन दिएपछि विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन् ।

त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सभापति श्यामराज ओझाले भर्नाका लागि निश्चित समय दिएर मात्र रोकिनु पर्ने बताए ।

उनले भने, ‘शैक्षिक क्यालेन्डर विद्यार्थीको हातहातमा पुगेको हुदैन । पैसा नभएका विद्यार्थी पढिरने अनि रजिस्ट्रेशन फारम भर्ने समयमा भर्ना गर्ने चलन पनि छ । एकाएक भर्ना नगर्नू भन्न मिल्दैन । कम्तिमा १० दिनको समय दिनुपर्छ।’

त्रिविका शिक्षाध्यक्ष खड्‌ग केसीले क्यालेन्डर अनुसार समय सकिएपछि भर्ना नगर्न डिन कार्यालयहरूलाई निर्देशन दिएका थिए । शिक्षाध्यक्ष केसीको निर्देशनमा विद्यार्थीले विरोध जनाका हुन् ।

‘युवा विदेशिने क्रम बढिरहेका बेला त्रिविको स्नातक भर्ना रोकिनुले आश्चर्यचकित तुल्याएको छ। । देशभरीबाट विद्यार्थी तथा क्याम्पस प्रमुखहरुबाट भर्ना रोकिएकोमा गुनासो आइरहेको छ,’ स्ववियु सभापति ओझाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0