बितेको वर्ष सन् २०२४ चीनका लागि एउटा कठिन वर्ष रह्यो । सि जिनपिङको सरकार एकातर्फ देशभित्र आर्थिक समस्याहरुसँग जुध्यो भने अर्कोतर्फ उसले अन्तर्राष्ट्रियस्तरमा रुससँगको गठबन्धका जटिलताको पनि सामना गर्नुपरेको थियो ।
यसका बाबजुत चीनले वैश्विक अर्थव्यवस्थामा एक अहम् भूमिका निर्वाह गर्ने क्रम जारी राखेकै छ ।
यस्तोमा पाँचवटा क्षेत्र छन् जो सन् २०२५ मा चिनियाँ योजनामा पानी खन्याइदिन सक्दछन् ।
१. अमेरिकासँग नयाँ शिराको प्रतिद्वन्द्विता
जनवरीमा अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपश्चात चीनको सबैभन्दा ठूलो चिन्ता चीनप्रति अमेरिकाको अतिआक्रामक रवैयाको सुरुवातसँग छ । ट्रम्पले पहिले नै चीनसहित अन्य देशहरु माथि ६० प्रतिशत महसुल लगाउने धम्की दिइसकेका छन् । यो तथ्य यस कुराको संकेत हो कि ट्रम्पको पछिल्लो कार्यकालमा सुरु भएको चीन र अमेरिका बीचको व्यापार युद्ध यसपटक पनि जारी रहनेछ अमेरिकासँगको टकरावपूर्ण सम्बन्ध चीनका लागि अहम चुनौती साबित हुनेछ। यद्यपि यस्तो होइन कि चीन यसका लागि तयार छैन यसअघि अमेरिकासँग भएको व्यापार युद्धबाट चीनले धेरै सबक सिकेको छ। यो कुरालाई यस प्रकारले पनि बुझ्न सकिन्छ कि चिनियाँ कम्पनीहरुले जसरी अन्य क्षेत्रहरूमा विस्तारित भएर अमेरिकी बजार तथा प्रविधिमाथिको आफ्नो निर्भरतालाई कम गर्नका लागि बाटो खोज्न सुरु गरिसकेका छन्।
चीनले पनि अमेरिकाविरुद्ध रवैया अपनाउनबाट पछि पर्दैन। यसको उदाहरण तब देख्न पाइयो। जब हालै चीनले दुर्लभ धातुहरु जसको प्रयोग व्याति तथा क्याटलाइटिक converter बनाउन प्रयोग हुन्छ २०१७ को तुलनामा अहिले व्यापार युद्धको सामना गर्नका निम्ति राम्रो स्थितिमा रहेको छ ।
२. विश्व प्रविधि युद्ध
यसमा कुनै शङ्का छैन कि चीन र अमेरिका बीच महसुुल नै सबैभन्दा धेरै ध्यानाकृष्ट गर्ने मुद्दा हुनेछ। तर अर्को टकराव चीनको प्राविधिक विकासको विषयमा पनि हुनसक्छ किनकि यो क्षेत्र अमेरिकाको व्यापारिक प्रभुत्वका लागि एउटा ठूलो चुनौती बन्न सक्छ। चीनका लागि प्रविधि एउटा अहम पक्ष बन्दै गएको छ। किनकि चिनियाँ प्रयासहरू यो क्षेत्रमा निर्यात बढाएर रोजगारी पैदा गर्नेतर्फ लक्षित रहेका छन्। उता अमेरिकाको प्राथमिकता चाहिँ यो क्षेत्रमा चीनमाथिको निर्भरतालाई घटाउनु रहेको छ।
अमेरिकाले सेमिकन्डक्टर प्रविधि सम्म चीनको पहुँचलाई प्रतिबन्धित गर्ने कोसिस गरेर यो कुराको संकेत दिएको छ । यो पछिल्लो टकरावको एउटा नयाँ मोर्चा हो। प्रविधि क्षेत्रका चिनियाँ योजनाहरूलाई बेइजिङ इफेक्ट को नामले चिनिन्छ। यसबाट चीनको प्रयास भनेको डिजिटल पूर्वाधारको मानक तयार गर्नुतर्फ रहेको छ। चीनको यो कदम ठ्याक्कै त्यस्तै हो जसरी युरोपेली युनियनले जीडीपीआर अर्थात् जनरल डेटा प्रोटेक्सन रेगुलेसनको माध्यमबाट डेटा म्यानेजमेन्ट र प्राइभेसीका निम्ति काम गरिरहेको छ । यस कदमले चीनलाई प्रविधि जगतमा रणनीतिक नेतृत्व प्रदान गर्न सक्छ।
३. युरोपेली युनियनको महसुल दर
युरोपसँगको चीनको व्यापारिक टकराब पनि पेचिलो छ। दुवैले एकअर्काका विरुद्ध महसुल लगाएका छन्। उदाहरणको रुपमा चीनले फ्रेन्च ब्रान्डीमाथि आयात शुल्क लगाएको छ । त्यसको जवाफमा युरोपेली युनियनले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ। अहिले चीनको पहुँच त्यस्तो प्रविधिसम्म भएको छ जसमाथि यसअघि पश्चिमा देशहरुको नियन्त्रण थियो ।
हालै एसियामा नेटोको भूमिकामा वृद्धि गर्नका लागि सुरु भएको चर्चापछि युरोपेली युनियनसँग बढेको व्यापार युद्ध चीनका लागि एउटा टाउको दुखाइ बन्न सक्छ । तथापि ट्रम्पको युरोपियन युनियन प्रतिको विरोधी रवैया चीनको हितमा कामयाबी बन्न सक्छ।
४. रुससँगको गठबन्धन
प्रथम दृष्टिमा रुस अहिले चीनका लागि महत्त्वपूर्ण बनिसकेको छ। यसको प्रमुख कारण चाहिं त्यहाँको बजार तथा प्राकृतिक संसाधन हो। यद्यपि चीन पनि रुसका लागि आर्थिक सहयोग दिने हिसाबले महत्वपूर्ण बनेको छ। तथापि उक्त समर्थनले चीनको युरोपेली देशहरुसँगको सम्बन्धमा नकारात्मक प्रभाव पारिरहेको छ।
कतिपय देशहरूको मान्यता यो छ कि युक्रेनविरुद्धको युद्धमा चीन नै रुसको सहयोगी बनेको छ । यसै प्रकारले युक्रेनमाथि रूसको आक्रमण र दुई देशको बीचमा जारी युद्धले पनि अमेरिकाको चीनमाथिको ध्यान हटाउनका लागि सहयोगी साबित हुन सक्छ।
ट्रम्पले युक्रेन युद्धका लागि शान्ति योजनाको प्रस्ताव गरेका छन् । यदि यो सफल भएमा अमेरिकाले एकपटक पुनः चीनमाथि आफ्नो ध्यान केन्द्रित गर्ने मौका प्राप्त गर्नेछ। यदि युक्रेनको समस्या समाधान भयो भने अमेरिका र रुसको सम्बन्ध पनि राम्रो हुन सक्नेछ, जुन चीनका लागि खासै राम्रो समाचार होइन।
५. मध्यपूर्वको सङ्घर्ष
चीनका लागि एउटा चिन्ता भनेको मध्यपूर्वमा बढिरहेको अस्थिरता पनि हो। रुसको जस्तै यो क्षेत्र पनि चीनका लागि संसाधन तथा बजारको दृष्टिकोणले निकै महत्त्वपूर्ण छ। हालै झुहाई हवाई प्रदर्शनीका क्रममा मध्यपूर्वका प्रमुख देशहरु चिनिया हतियारको ठूलो उपभोक्ताको रुपमा देखिएका छन् । चीनका लागि इरान र इजरायल बीचको क्षेत्रीय सङ्घर्षको सम्भावना पनि चिन्ताको विषय बनेको छ। इरान चीनका लागि तेलको प्रमुख स्रोत रहँदै आएको छ।
यदि दुई देश बीचको सशस्त्र सङ्घर्ष सुरु भयो भने त्यसले चीनका लागि तेलको आपूर्ति रोकिदिन सक्छ र त्यसले चीनका लागि आर्थिक समस्या खडा गर्नेछ ।
सिरियामा गृहयुद्धको सुरुवात पनि राष्ट्रपति सि जिनपिङका लागि चिन्ताको विषय हो।
चिनियाँ उइगर मुस्लिमहरू राष्ट्रपति बसर अल-असदलाई सत्ताच्युत गर्ने लडाकुहरुमा सामेल भएका छन् । उनीहरु टीआईपी अर्थात् तुर्किस्तान इस्लामिक पार्टीका सदस्य हुन्।
चीनको शिनजियाङ प्रान्तमा स्वतन्त्र देशको लागि लामो समयदेखि संघर्ष चलिरहेको छ। यस क्षेत्रमा उइगर मुस्लिमहरू बसोबास गर्छन्। केही टीआईपी सदस्यहरूले सिरियामा कब्जा गरिएका हतियारहरूको प्रयोग चीनमा हुनसक्ने चेतावनी दिएका छन् । पछिल्ला वर्षमा, शी जिनपिङको प्रशासनले लाखौं उइगरहरूलाई हिरासतमा राखेको छ। उइगरहरूप्रति चीनको यस रणनीतिले अन्तर्राष्ट्रिय स्तरमा आलोचना भोगिरहेको छ। यी सबै कुराहरूले सन् २०२५ मा चीनले समस्याको सामना गर्नुपर्ने देखाएको छ ।
चीनले उल्लेखित समस्याहरूको सामना गर्ने तयारी पनि गरिरहेका संकेत देखिएका छन् । साथै, चीनले रूसमाथि पश्चिमा मुलुकहरुबाट लगाइएका प्रतिबन्धहरूलाई पनि ध्यानपूर्वक हेरिरहेको छ ।
यदि ताइवानसँग आफ्नो विवाद बढेमा आफूविरुद्ध पनि त्यस्तै प्रतिबन्धहरू लगाइन सक्नेतर्फ चीन सचेत छ ।
अन्ततः सन् २०२५ मा जे-जस्तो हुनेछ, त्यसले चीनका लागि निकै महत्वपूर्ण भूमिका खेल्नेछ। यसले नै आगामी दिनमा चीनलाई नयाँ सहयोगीहरु वा नयाँ बजार बनाउन आवश्यक हुनेछ वा हुनेछैन भन्ने कुरा तय गर्नेछ ।
-बीबीसीबाट