सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संघीयता कार्यान्वयनको दायित्व सबै निकायको रहेको बताएका छन् । सरकारी, गैरसरकारी निकाय र आम नागरिक मिलेरै संघीयता कार्यान्वयन हुने भएकाले यो सबैको दायित्व भएको बताए ।

गृह जिल्ला अर्घाखाँची आएका प्रदेश प्रमुख मियाँले संघियताबारे गलत ढंगले प्रचारबाजी भइरहेकाले यसलाई चिर्न सञ्चार जगत लाग्नु पर्ने बताए । देशका ठुलाठुला परिवर्तनमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले संघियता कार्यान्वयनको चरणमा पनि सञ्चार माध्यमहरू सकारात्मक ढंगले लाग्नुपर्ने बताए । ‘सञ्चार क्षेत्रको विगतमा पनि उल्लेख्य भूमिका छ,उनले भने,‘संघियताबारे नकारात्मक प्रचारबाजी भएका छन् । त्यसलाई सञ्चार जगतले चिर्नु पर्छ ।’

कुनै एक तह वा एक निकाय लागेर संघियताको पुर्ण कार्यान्वयन नहुने भएकाले सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको भनाई थियो । संघीयताका बेफाइदाहरू देखाएर धावा बोल्ने काम भएको भन्दै यसका फाइदाहरू ओझेलमा पारिएको बताए ।

संघीयताले गाउँ गाउँमा विकासको आभास दिलाएको भन्दै केन्द्रीकृत शासन प्रणाली उत्तम नहुने बताए । तहगत सरकार हुँदा दूर दराजका नागरिकले त्यसको फाइदा लिएको भन्दै मियाँले पहिल्यै अभ्यास गरेर फालिएको केन्द्रीकृत शासन प्रणाली फेरी ल्याउने सम्भावना नरहेको स्पष्ट पारे ।

पत्रकारहरूसँग कुरा गर्दै प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश सरकार आफू गएपछि व्यवस्थित भएको बताए । ‘म प्रमुख भएर जाँदा प्रदेश अस्तव्यस्त थियो,उनले भने,‘म गएपछि केही नयाँ अभ्यासहरू ग¥यौं र केही व्यवस्थित भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0