२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामेछाप कार्यसमितिमा विवाद देखिएको छ । सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टी संगठन एकलौटी तरिकाले चलाएको भन्दै सचिव दीपक खड्का विरोधमा उत्रेका छन् ।

उर्जा राज्यमन्त्री समेत रहेका सभापति कान्छारामले एकलौटी ढङ्गबाट काम गरेको र सचिवको अधिकार भित्रको कार्यमा हस्तक्षेप गरेको खड्काले आरोप लगाएका छन् । सभापति कान्छारामले तानाशाही प्रवृत्ति देखाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कान्छारामले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिवद्धता जनाए पनि बीपी जयन्तीको अवसरमा सोमबार आयोजना गरिएको कार्यक्रममा विरोध गरिने खड्काले उल्लेख गरेका छन् ।

२४ भदौमा हुने बीपी जयन्तीको कार्यक्रमका लागि जिल्ला समितिमा छलफल नगरिएको भन्दै खड्काले आपत्ति जनाएका छन् ।

‘१११ औं बीपी जयन्ती गर्ने कुरा पार्टी सभापतिद्वारा प्रेषित पत्रबाट जानकारी पाएको र उक्त विषयमा पार्टीमा छलफल समेत नभएको हुँदा सो कार्यक्रममा विद्रोहका नारा लगायत विभिन्न विरोधका कार्यक्रमहरु समेत सञ्चालन गरिने’ खड्काले विज्ञप्तिमा लेखेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0