काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा भएको नैराश्य रोक्न दुई ठुला दल मिलेर सरकार बनाएको बताएका छन् । धनगढी उपमहानगरपालिको १०औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘८/९ महिनामा सरकार परिवर्तन हुँदा कामले गति लिन सकेन । सरकार नै टिक्दैन, के काम हुन्छ भनेर जनतामा नैराश्य थियो । त्यसलाई रोक्न यो सरकार बनेको हो ।’

उपप्रधानमन्त्री सिंहले स्थिर सरकार नहुँदा जनअपेक्षा अनुसार काम हुन नसकेको बताए । अर्थतन्त्रमा आएको मन्द गतिलाई लयमा फर्काउन सरकार लागिरहेको उनले दाबी गरे । उनले संविधान जारी भइसकेपछि कार्यान्वयनमा आएका अप्ठ्यारालाई सहज गर्न आवश्यक ठाउँमा संशोधन गर्न कांग्रेस र एमालेबिच सहमति भएको बताए ।

उपप्रधानमन्त्री सिंहले सबै राजनीतिक दल मिलेर संविधान निर्माण गरेको बताउँदै संविधानमा भएका जनताका अधिकार खोसिन लागेको भन्ने कुरा गलत भएको बताए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0