४ असोज, काठमाडौं । एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ ।

पहिलो अनुबन्धको रुपमा टिमले ल्याउन चाहेको अजरबैजानकी केन्सिया पावेल्निको केही कारण बस टिममा आउन नसक्ने भएपछि चितवनले अर्की खेलाडीलाई उनको स्थापनमा प्रतिस्थापन गर्न लागेको हो ।

२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन् । उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन् ।

चितवनका लागि भारतीय मिडलब्लकर सुर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ ।

अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन् । उनले वात्सल्य महिला भलिबल लिगमा चितवनको लागि खेल्नेछिन् ।

चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

असोज १४ देखि १९ गतेसम्म हुने वात्सल्य एभ्रेष्ट महिला भलिबल लिग दशरथ रंगशाला कर्भड हलमा हुनेछ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0