२१ पुस, कठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको छ ।
त्रिविले अहिले चलिरहेको स्नातक तहको पहिलो वर्षको परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोधेको हो ।
यसअघि अंग्रेजीमा मात्र प्रश्नपत्र सोध्ने गरिएको थियो । अंग्रेजीमा मात्र सोध्दा विद्यार्थीले प्रश्न नबुझेको गुनासो आएपछि त्रिविले दुवै भाषामा प्रश्नपत्र सोधेको हो ।
परीक्षा सकिएपछि त्रिविकले दुवै भाषामा प्रश्न सोध्दा कस्तो प्रभाव पर्यो त्यसको सर्वे गर्ने भएको छ । ‘अहिले परीक्षा चलिरहेको छ । विद्यार्थीलाई सहज होस् भनेर दुवै भाषामा प्रश्न सोधेका हौँ । परीक्षा सकिएपछि कस्तो प्रभाव पर्यो भनेर सर्वे गर्छौं,’ त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1