कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ३ लाख मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चोक, बैयाबेहडी र त्रिबेणीघाटबाट अन्दाजी रु. २ लाख १८ हजार मूल्य बराबरको किराना सामानहरू, कपडा र सुर्तीजन्य पदार्थहरू, भजनी नगरपालिका स्थित ठेकीपुल र हिकमतपुरबाट अन्दाजी रु. ३२ हजार ८२० रुपैयाँ मूल्य बराबरको प्लास्टिक डोरी र सुर्तीजन्य पदार्थहरू बरामद गरेको छ ।

त्यसैगरी कैलालीकै गोदावरी नगरपालिका ०१ अत्तरियाबाट अन्दाजी २८ हजार ५ सय मूल्य बराबरको कपडाहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0