६ असोज, हेटौडा । बागमती प्रदेश सरकारले सरकार गठन भएको झण्डै दुई महिनापछि न्यूतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सभा भवनमा मुख्यमन्त्री बहादुर सिं लामा, सतारूढ दल नेकपा एमाले संसदलीय दलक नेता तथा पूर्वमन्त्री जगन्नाथ थपलियाको हस्ताक्षरमा न्यूतम साझा कार्यक्रम सार्वजनिक भएको हो । कार्यक्रममा विपक्षी दल राप्रपाको संसदीय दलका नेता उद्दव थापाको पनि उपस्थिति थियो ।

६७ बुँदे न्यूतम साझा कार्यक्रममा संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइने, ३ वर्ष मुनीका बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार गर्ने नीति लिइनेलगायतका विषय समेटिएका छन् ।

बागमतीमायोजना बैंक यसअघि नै स्थापना भइसकेको छ । मुख्यमन्त्री बहादुर सिं लामाले आगामी बजेटका लागियोजना बैंकलाई सक्रिय बनाउनेयोजनाअनुसार कार्यक्रममा राखिएको बताए ।यो न्यूतम साझा कार्यक्रमले जनताको आकांक्षाअनुसार तदारूकताका साथ काम गर्न ल्याइएको लामाले बताए । सरकारको कामकारकाही प्रभावकारी ढंगले अगाडि बढाइने उनको भनाइ छ ।

राप्रपा नेता उद्दव थापाले संसदीय अभ्यासअनुसार नै न्यूतम साझा कार्यक्रममा उपस्थित भएको बताए । उनले आफूलाई खबर भएर नै कार्यक्रममा सहभागी हुन आएको थापाले बताए ।

बागमती सरकारले न्यूतम साझा कार्यक्रम ढिला ल्याएको भन्दै दिनरात काम गरेर जनताका चाहना पूरा गर्न सरकारसँग आग्रह गरे ।यो अबसरलाई शक्तिमा बदल्न सरकारलाई थापाको आग्रह थियो। निश्चित समयमा काम गर्न नसके जनता कुर्ने पक्षमा नरहेको उनले बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0