लुम्बिनीमा आज विश्वासको मत

बुटवल — लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार (आज) विश्वासको मत लिने भएका छन् । उनी यही चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभामा ११ सदस्य रहेको माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका उनलाई एमाले, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।

लुम्बिनीमा आज विश्वासको मत
माओवादी संसदीय दलका नेता जोखबहादुर महरा ।

महरालाई एमालेका २९, नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी (जसपा) ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद १ जनाले समर्थन गरेका थिए ।

मुख्यमन्त्रीमा समर्थन गर्ने बेलामै ७ बुँदे सहमति गर्दै मन्त्रालयको भागबण्डा गरिएको थियो । एमालेले ५, माओवादीले २, जसपाले २ मन्त्रालय पाउने र एकीकृत समाजवादी तथा स्वतन्त्रलाई पनि सरकारमा सहभागी गराउने सहमति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *