काठमाडौँ । र्‍याप गायक भरत सामरीको नयाँ गीत ‘माया नै हो’ सार्वजनिक गरिएको छ । गीत गायनमा सामरीलाई अमर अनुराग श्रेष्ठले साथ दिएका छन् ।

अमर अनुरागकै संगीत रहेको गीतको शब्द सामरी, श्रेष्ठ र सन्तोष रानाले मिलेर कोरेका हुन् । गायक सामरी र इन्द्र दोङ लामाको निर्देशन रहेको भिडियोमा सामरी, अमर अनुराग, इन्द्र दोङ्ग लामा, राजेन्द्र गिरी, महेन्द्र शाही, सम्राट् शाहीलगायतको अभिनय छ ।

भिडियो गायक सामरीको अफिसियल युट्युब च्यानल मार्फत बाहिर ल्याइएको हो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0