गाजा । इजरायलले दक्षिण गाजामा गरेको आक्रमणमा कम्तीमा ११ जना प्यालेष्टिनीको मृत्यु भएको छ । यसरी मर्नेमा गाजामा हमासद्वारा सञ्चालित प्रहरी बलका प्रमुख पनि परेको बताइएको छ ।
खान युनिसको पश्चिममा रहेको अल–मावासी भएको यस आक्रमणमा परेर तीन जना बालबालिका र दुई महिलाको पनि मृत्यु भएको बताइएको छ ।
यस आक्रमणलाई हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले प्रहरी महानिर्देशक महमुद सलाह र उसको सहयोगी हसम शाहवानको हत्या भनेको छ । आक्रमणको समयमा यी दुईले मानवीय र राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको भनिएको छ । हालैका दिनमा इजरायलले गाजामा आक्रमण तीव्र बनाएको थियो ।@ratopati
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1