७ कात्तिक, काठमाडौं । कुमारी बैंकको नाफा ४ गुणाले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ७ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेरिमेन्ट चार्ज घटेकाले नाफामा टेवा पुगेको देखिन्छ । इम्पेरिमेन्ट चार्ज पहिले ३ अर्ब १८ करोड रहेकोमा अहिले ६३ करोडमा झरेको छ ।

खुद ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा ३ अर्ब ४ करोड रहेकोमा अहिले २ अर्ब ८० करोड छ । बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ३२ करोड ऋणात्मक छ ।

बैंकको निष्क्रिय कर्जा बढेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा ४.८९ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.९६ प्रतिशत छ । आधार दर १०.९१ बाट ७.४८ प्रतिशतमा झरेको छ ।

सीडी रेसियो ८२.८८ प्रतिशतमा झरेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा छ । पहिले यस्तो आम्दानी ४ रुपैयाँ ३ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २२ पैसा छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0