७ कात्तिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा एक सेवाग्राहीमाथि कुटपिट भएको छ ।

कर तिर्न गएका जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने कौशल किशोर साहमाथि बुधबार दिउँसो कुटपिट भएको हो ।

दिउँसो कार्यालयमा कर तिर्न गएको बेला नगर प्रहरी नितीश रायले कोठामा थुनेर मुक्का हानेको पीडित साहले दुखेसो गरे ।

‘म कर तिर्न गएको थिएँ । नगरप्रहरीले मलाई समातेर कोठा भित्र लगे । ढोकाको चुक्कुल लगाएर मुक्का, झापडले टाउको, गाला र जिउमा हिर्काए’, उनले भने ।

सेवाग्राही साहमाथि भएको कुटपिट घटनामा संलग्न नगरप्रहरीमाथि कारबाहीको लागि पहल गरिरहेको वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0