काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गदै काठमाडौँ महानगरले १०८ जना करार कर्मचारी मागेको हो ।

लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि करारमा कर्मचारी माग गरिएको महानगरको सूचनामा उल्लेख छ ।

महानगरले मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्मका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना माग गरेको छ ।

यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १र१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ ।

दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दिन सकिने महानगरले जनाएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0