७ कात्तिक, काठमाडौं। ‘ट्रु कलर’ एपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाको नाम र फोटो राख्दै धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१ ठूलो मिलचोक घर भएका ३० वर्षीय हेमकुमार खड्का छन् । उनलाई सीआईबीले ठूलो मिलचोकबाटै मंगलबार पक्राउ गरेको हो ।

उनले ‘ट्रु कलर’ एपमा एआईजी थापाको नाम र फोटो राख्दै वित्तिय संस्थाका व्यक्तिलाई फोन गर्दै सीआईबीबाट एआईजी बोलेको भन्दै धम्क्याउने गरेको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0