८ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंका विरुद्ध हुने खेलमा कप्तान एन्जिला तुम्बापो र फरवार्ड सावित्रा भण्डारी साम्बा पहिलो रोजाइमा खेल्ने भएका छन् ।

बिहीबारको खेलमा नेपालले चार परिवर्तन गरेको छ । जसमा डिफेण्डर अमृता जैशी र फरवार्ड अमिशा कार्कीले पनि पहिलो रोजाइमा फर्केका छन् ।

साफ वुमन्स च्याम्पियनसिपको यो संस्करणको अघिल्लो दुई खेलमा सावित्राले नेपाली टिमबाट खेलेकी छैनन् । पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो ।

श्रीलंकाविरुद्ध नियमित कप्तान एन्जिलाले नै कप्तानी गर्नेछिन् । अघिल्लो खेलमा रेनुका नगरकोटेले माल्दिभ्सविरुद्ध कप्तानी गरेकी थिइन् ।

माल्दिभ्स विरुद्ध पहिलो रोजाइमा खेलेका अञ्जना राना मगर, डिफेण्डर निशा थोकर, मिडफिल्डर विमला चौधरी र फरवार्ड रश्मीकुमारी घिसिङ बिहीबार बेञ्चमा छन् ।

नेपाललाई सेमिफाइनल पुग्न श्रीलंकाविरुद्ध बराबरी नै पर्याप्त छ भने समूह विजेता बन्न श्रीलंकालाई कम्तीमा ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0