काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेबिया र युएईका लागि काउन्सिलर (श्रम) तथा कतार र बहराइनका लागि श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबियाको काउन्सिलर (श्रम) मा उपसचिव तथा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेती नियुक्त भएका छन् । त्यस्तै युएईका लागि दीपेन्द्र पौडेल नियुक्त भएका छन् ।

उपसचिव मैयाँ कँडेल काउन्सिलर (श्रम) प्रतीक्षा सूचीमा परेकी छन् । मन्त्रालयले काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ बमोजिम मूल्याङ्कन गर्दै नियुक्त गरेको हो ।

त्यस्तै कतारको श्रम सहचारीमा शाखा अधिकृत प्रेम प्रसाद पोखरेल र बहराइन मनामाका लागि शाखा अधिकृत सुनिता थापा नियुक्त भएका छन् । शाखा अधिकृत विकास कुमार रजक प्रतीक्षा सूचीमा छन् ।

हाल युएईमा दीनबन्धु सुवेदी, साउदी अरेबियामा देवेन्द्र कार्की काउन्सिलर (श्रम) छन् । बहराइनमा जमुना काफ्ले तथा कतारमा कृष्ण पौडेल श्रम सहचारीको रूपमा कार्यरत छन् ।

मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि काउन्सिलर श्रम र नेपाली दूतावास अबुधाबी, नेपाली महावाणिज्य दूतावास साउदी जेद्दा, नेपाली दूतावास मलेसिया तथा ओमानका लागि श्रम सहचारी नियुक्ति प्रक्रिया जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0