धनुषा । जनकपुरमा करिब २ सय २१ किलो ३८ ग्राम गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक प्रकाशलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0