काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रे र ललितपुरको विभिन्न ठाउँमा अस्थायी टहरा निर्माण गर्ने भएको छ ।

केन्द्रीय अध्यक्ष विद्वान गुरुङले केही समय अघिको बाढी पहिरोबाट पीडित बनेकाहरूका लागि तरुण दलले अस्थायी टहरो बनाउने तयारी भएको जानकारी दिए । गुरुङले तिहार लगत्तै काभ्रे र ललितपुरको विभिन्न ठाउँमा अस्थायी टहरा निर्माणको काम अघि बढाइने बताए ।

केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलका अनुसार तरुण दलले काभ्रे र ललितपुर दुई ठाउँमा करिब पाँच सय अस्थायी टहरा निर्माण गर्ने लक्ष्य लिएको छ । निर्माण थालनी गरेको १ महिना भित्र अस्थायी टहरा बनाउने तयारीमा आफूहरू रहेको उनको भनाई छ । यसका लागि वाग्मती प्रदेश सरकार र कांग्रेसबाट विजयी भएका स्थानीय सरकारहरूसँग सहयोग माग गरेर स्रोत जुटाउने तयारी तरुण दलको छ ।

यसैक्रममा तरुण दलले शनिबार ७२ औँ स्थापना दिवसको अवसर पारी कीर्तिपुर नगरपालिका वार्ड न.६ मा रहेको सामुदायिक वनमा वृक्षारोपण कार्य पनि सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0