११ कात्तिक, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द गरिँदैछ । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाइराख्ने भएको छ । यसरी अतिरिक्त खट्ने कर्मचारीलाई प्राधिकरणले थप सेवा सुविधा दिनुपर्ने हुन्छ ।

५ कात्तिकका दिन बसेको प्राधिकरण व्यवस्थापनको बैठकले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने र प्रधान कार्यालयबाट स्वीकृत होलनाइट कोटा बमोजोम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने निर्णय गरेको छ ।

यसरी कर्मचारीलाई खटाए बापतको सुविधा प्रशासनले व्यवस्था गर्ने निर्णय सो बैठकले गरेको छ । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म चल्ने छ ।

तर, प्राधिकरणले भने उडान/अवतरणको चाप नहुने समयमा पनि कर्मचारी खटाएर अतिरिक्त सुविधा समेत दिने निर्णय गरेको हो ।

यो अवधिमा विमानस्थल बन्द गरी पार्किङ, ट्याक्सी वे, ह्याङ्गरजस्ता संरचना निर्माण हुँदैछन् । यस्तो बेला आपतकालीन अवस्थाका लागि सीमित मात्र कर्मचारी खटाएर अन्य कर्मचारीलाई भने वैकल्पिक काममा लगाउन सकिने विकल्प थियो ।

हेर्नुहोस् निर्णय :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0