काठमाडौँ । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने बैंकको संख्या पाँच पुगेको छ । चालु आर्थिक वर्षको तीन महिना बित्नै लाग्दा ती बैंकहरुले सञ्चित नाफा र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको निर्णय गरेका हुन् ।

पछिल्लोपटक आइतबार मात्रै प्राइम कमर्शियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यसअघि सानिमा बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक र एभरेस्ट बैंकले समेत यस्तो निर्णय गरिसकेका छन् ।

उसमध्ये सानिमा बैंकले यो वर्ष ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले ४ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत नगद लाभांशसहित ४.२१ प्रतिशत र एभरेस्ट बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगदसहित १५.५३ प्रतिशत लाभांश दिने निर्णय यसअघि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0