काठमाडौँ । तिहारको उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द हुने भएको छ ।

सर्वोच्चको प्रशासन शाखाले सोमबार जारी गरेको सूचनामा अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने उल्लेख छ ।

त्यसका लागि सुनुवाइ बिहान १२ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0