टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले सरकारलाई निरन्तरता दिने भएका छन् । आम निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ठुलो झट्का लागेको अनि बहुमत गुमाएको भएपनि उनले प्रधानमन्त्रीको कुर्सी नछाड्ने बताएका छन् ।

लामो समयदेखि सत्तामा रहेको प्रमुख सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले संसदमा आफ्नो बहुमत गुमाएको छ ।

हालै भएको सोमबारको मतदानको नतिजामा एलडीपीले एक दशकभन्दा बढी समययताकै खराब प्रदर्शन गरेको थियो । इशिबा एक महिना अघि मात्रै प्रधानमन्त्री बनेका थिए । सत्ता सम्हालेलगत्तै उनले निर्वाचनको घोषणा गरेका थिए । तर सोमबार नतिजा सार्वजनिक भएपछिको भाषणमा उनले एलडीपीले जनताहरूबाट कठोर फैसला पाएको र आफ्नो पार्टीले यसलाई विनम्रताका साथमा स्वीकार गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0