२१ कात्तिक, काठमाडौं । वायुसेवा सञ्चालकहरूले विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशतसम्म उडान कटौती हुने बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै वायुसेवा सञ्चालकहरूले यस्तो बताएका हुन् । विमानस्थल सञ्चालन समय घटाउँदा ३० प्रतिशतसम्म उडान कटौती हुने उनीहरूको भनाइ छ ।
विमानस्थल विस्तार र पूर्वाधार निर्माणले जहाज आवतजावत तथा दीर्घकालीन ट्राफिक व्यवस्थापनमा सहज हुने भन्दै वायुसेवा कम्पनीहरूले प्राधिकरणको यो कदमको भने समर्थन गरेका छन् ।
संघका अध्यक्ष मनोज कार्कीले तोकिएको समयभित्र स्तरोन्नतिको काम भने सकाउन आग्रह गरेका छन् ।
त्यसो नभए वायुसेवा कम्पनी अत्यधिक आर्थिक नोक्सानीमा जाने र बन्द नै गर्नुपर्ने अवस्थामा पुग्ने समेत उनले बताएका छन् ।
संघले सदस्य वायुसेवा कम्पनीका हेलिकप्टरहरूले भने सूर्योदयदेखि सूर्यास्तसम्म नै उडान अवतरण गर्न सक्ने बताएको छ ।
हेलिकप्टरको उडान अवतरण भक्तपुरस्थित नलिनचोकबाट हुने गरेको छ ।
संघले यात्रुलाई चेक इन काउन्टर उडान समयभन्दा १५ मिनेट अगाडि नै बन्द हुने भन्दै सोही अनुसार व्यवस्थापन गर्न समेत भनेको छ ।