काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

सिराहा, सुखिपुर नगरपालिका-५ लड्कन्हास्थित सडकमा स.६ प २२३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री अर्नमा गाउँपालिका-४ गौरीपुर बस्ने ६० वर्षीया सिता देवी यादवको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, ओमसतिया गाउँपालिका-४ बालापुरस्थित सडकमा परासीबाट भैरहवातर्फ जाँदै गरेको ना.२५ प ५६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रूपन्देही, सुद्धोधन गाउँपालिका-१ सिखडास्थित सडकमा रन्यौराबाट सिसैतर्फ जाँदै गरेको लु.३६ प ७७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सैनामैना नगरपालिका-१ वर्माडाडा बस्ने ३७ वर्षीय राजु थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-७ बनगाईस्थित सडकमा लु.२ ख ३१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीय भिमलाल पोख्रेलको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाथीभरा पोलिक्लिनिक बनगाईमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका-१४ छिनेडाडास्थित भेडिफारमबाट छिनेडाडातर्फ जाँदै गरेको बा.६९ प ४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने २७ वर्षीय अजय बिकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

चितवन, भरतपुर महानगरपालिका-२४ लक्ष्मण चोकमा प्र.३-०१-०२४ च ४९९३ नम्बरको बलेरोले बा.प्र.०३-००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३-०३-००१प ८८८२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार ईच्छाकामना गाउँपालिका-५ दारेचोक बस्ने ३७ वर्षीया राम कुमारी गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0